हेटौंडा ८ को वडा कार्यलय तोडफोड गर्नेलाई कारबाही गर्न माग
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा गत शुक्रबार तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै वडा कार्यालय र वडावासी तथा टोलविकास सस्थाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।
आइतबार वडा कार्यलयबाट र्याली सहित प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको हो ।
वडा कार्यलयमा जम्मा भएर वडावासीले तोडफोडमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग सहित र्यालीको आयोजना गरेका थिए । केहि अराजक समूहबाट गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुव्र्यवहार ,टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुसी सडकमा फ्यालेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ ।
घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ । वडा वासीको सरक्षाको लागि त्यस्ता अराजक समूहलाई तुरुन्त कारबाही गर्नुपर्ने उनिहरुले माग गरेका छन् ।
























