पूर्वी नेपाल जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घाटन गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका  – ४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका – १ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*