‘प्रचण्ड’ले पूर्वजनमुक्ति सेनाका घाइते सेक्सन कमान्डरलाई भेटे , भने – ‘अब खर्चको दु:ख हुँदैन’

हेटौंडा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन्। मकवानपुरको झुरझुरेमा घाइते भएका काभ्रे महाभारत गाउँपालिका – ६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई प्रचण्डले भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन्।

मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए। टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसकारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

वीर अस्पतालमा उपचाररत जनयुद्धका घाइतेलाई भेटेर प्रचण्डले भने, ‘खर्चको दुख हुन अभाव दिइन्नँ’

अहिले उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकको सहयोगले रानाको उपचार भइरहेको छ। कमरेडले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने बताए । सात वर्षका बालकको पढाई र रानाकी श्रीमतीको रोजगारीको लागि पहल गर्ने प्रचण्डले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*