मनहरीबाट लागुऔषध गाँजासहित ४ जना पक्राउ
हेटौंडा । मकवनपुर मनहरीबाट मंगलबार ४२ किलो गाँजासहित ४ जना पक्राउ परेका छन् ।
मनहरी ६ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ४४०९ नं . को ट्रकमा खोजतलास गर्दा चालक बस्ने सिट पछाडी लुकाई ल्याएको लागुऔषध गाँजा ४२ किलो फेला गरेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
उक्त ट्रकका चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३१ को ईश्वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका वडा नं . ११ बस्ने बर्ष २२ को सागर थिङ, सोही ट्रकमा सवार जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ बस्ने बर्ष ६० को राजेश प्रसाद रौनियार र सोहि स्थान बस्ने बर्ष ४० की रेश्मा भरलाई उक्त लागुऔषध गाँजा, ट्रक सहित नियन्त्रणमा लिइएको हो ।
उक्त विषयमा थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
























