स्थानीय चुनावमा अहिलेकै गठबन्धन यथावत् रहन्छ – प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा अहिलेकै गठबन्धन यथावत् रहने बताउनुभएको छ ।

गृहजिल्ला चितवन पुग्नु भएका प्रचण्डले भरतपुर विमानस्थलमा कुराकानी गर्दै तीनै तहको चुनावमा गठबन्धन एक भएर चुनाव लड्ने बताउनुभएको हो ।

कांग्रेसका केही व्यक्ति एक्लै चुनावमा जानुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसो नभनेको भन्दै सत्ता साझेदारहरु एक भएरै चुनावमा जाने उहाँले बताउनुभयो ।

चितवनका कांग्रेसीहरुले भन्दैमा नहुने भन्दै प्रचण्डले चितवनमा पनि चुनावी गठबन्धन हुने दाबी गर्नुभयो ।

प्रचण्ड आज आफ्नो निर्वाचन क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*