भारत भ्रमणमा जादै प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाने भएका छन्।

पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जाने भएका हुन्।

यही चैतभित्र प्रधानमन्त्रीको औपचारिक भ्रमण हुने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

उनले भने, ‘प्रधानमन्त्री भ्रमणमा जाने निश्चित भएको छ। तर मिति तय भइसकेको छैन। मितिका बारेमा छलफल भइरहेको छ।’

यसअिघ भाइब्रेन्ट गुजरात समिटमा भाग लिन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*