इजाजत प्राप्त हातहतियारहरु चैतभित्र बुझाउन मकवानपुर प्रशासनको निर्देशन
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र बुझाउन निर्देशन दिएको छ ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेका हुन् ।
गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको वैठकबाट निर्णय अनुसार निर्वाचनपश्चात् फिर्ता हुने गरी सूचना जारी गरिएको हो ।
























