परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेट

परराष्ट्रमन्त्री डा. नारायण खडका र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक) को सम्मेलनमा सहभागी हुन श्रीलंका पुगेका विदेशमन्त्री खड्का र जयशंकरबीच मंगलबार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा आगामी शुक्रबारदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बारेमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*