हेटौंडामा पत्रकार महासंघको ६७ औं स्थापना दिवसका अवसरमा प्रभातफेरी
हेटौंडा । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६७औं स्थापना दिवसका अवसरमा आज हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । पत्रकार महासंघ मकवानपुर साखाको आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम गरिएको हो । प्रभातफेरीको रयाली हेटौंडाको सिमाचाकबाट सुरु भइ, बुद्धचोक, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै फेरी बुद्धचोकमा आएर समापन गरिएको थियो ।
कार्यक्रमको समापनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले यस अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गर्दछ । आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहनुपर्ने आवश्यकताप्रति म यस अवसरमा सम्वन्धित सबैको ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था हो । यो संस्थाले आफूलाई समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्थाका रुपमा प्रस्तुत गरेको छ । यो हाम्रो गौरवको विषय हो ।
अप्रत्यासित रुपमा आएको कोरोना महामारीवाट नेपाली पत्रकारितामाथी चुनौति थपिएको छ । पत्रकारितामाथीको यो चुनौतिलाई आबश्यक रणनीति निर्माण गरेर सम्बोधन गरेर श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्थाहरुको सवलिकरणको दिशामा काम गर्ने प्रमुख दायित्वका साथ यतिबेला हामी अगाडि बढ्न जरुरी देखिएको छ । यसका लागि राज्यको अभिभावकीय भूमिका आबश्यक पर्दछ । यस्तो भूमिका निर्वाह गर्दै गर्दा राज्य हस्तक्षेपकारी हुन्छ कि भन्ने कुरामा गंभिर हुन पर्ने पनि छ ।
























