देउवाको भारत भ्रमणमा के – के मा हुँदैछ सम्झौता ?

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन्।

भ्रमणका बेला उनी भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटनसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ। हस्ताक्षरलगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रुपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ। उक्त ३५ किलोमिटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो।

यस्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

‘डिजिटल भुक्तानी प्लेटफर्म’ सम्बन्धी एक सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ।

भ्रमणका बेला भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमोटबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

ऊर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जीसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको छ।

प्रधानमन्त्री देउवाले दुई देशबीचको विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमको अवलोकन गरेपछि भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।

चैत २० गते भारतको उत्तर प्रदेशस्थित वारणासी हुँदै प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*