माओवादी केन्द्रका वडा सचिव सहित युवाहरु एमालेमा प्रवेश

हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका १४ को आयोजनामा गरिएको पार्टी प्रवेश कार्यक्रममा माओवादी परित्याग गरि वडा सचिवसहितका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

माओवादी केन्द्रका वडा सचिव नेमा पाख्रिन ,सह सचिव कमल मोक्तान ,योङ कम्युनिस्ट लिग नगर सदस्य थोप्चेन लामा ,बिक्रम मोक्तान लगाएत एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रम नेकपा एमाले केन्द्रिय सदस्य रामेश्वर राना को प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा जिल्ला पाटी अध्यक्ष एकलाल श्रेष्ठ ,युवा नेता सुनिल मोक्तान ,वडा अध्यक्ष दिपक खड्का लगाएतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*