मकवानपुरका वडामा एमालेका वडा अध्यक्षका उमेदवार धमाधम सिफारिस हुदै
हेटौंडा । मकवानपुर जिल्लाका बिभीन्न वडाहरुमा नेकपा एमालेले वडा अध्यक्षको उमेदवार सिफारिस गर्नेक्रम जारी रहेको छ । केही वडाहरुबाट सहमतीकै आधारमा एक जनाको नाम सिफारिस गरिएको छ भने केही वडाबाट महिला सहित तीन जनाको नाम सिफारिस गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, ५, १२, १३, १४ बाट नाम सिफारिस भएर आइसकेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो । अरु वडाहरुबाट आज बैठक बसीरहेका छन् ।
बैठकपछी सकेसम्म सर्बसहमतीबाट वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने र नभएमा मात्र तीन जनाको नाम सिफारिस गर्नेगरी जिल्ला पार्टी नेतृत्वले निर्देशन दिएको छ । हेटौंडा–४ बाट अध्यक्षको उमेदवारमा नविन सिग्देल सहित वडा सदस्यहरु, हेटौंडा ५ मा शुशील घिमिरे सहित वडा सदस्यहरु, हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ मा पनि सर्वसम्मत रुपमा वडाध्यक्षको चयन गरेको छ । वडा कमिटिको बैठकले बर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य दिपक खड्कालाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
वडासदस्यहरु भने आजसम्म टुंगो लगाईने जनाईएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ को वडाध्यक्षमा टिकप्रसाद दाहाललाई उम्मेद्वार बनाउने भएको छ । वडा भेलाले दाहाललाई सर्वसम्मत रुपमा वडाध्यक्षको रुपमा उम्मेद्वार बनाउने निर्णय गरेको नेकपा एमाले जिल्ला सदस्य रमिला घलानले जानकारी दिईन् । दाहाल बर्तमान अवस्थामा पनि वडाध्यक्षको रुपमा रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडाध्यक्षको उम्मेद्वारमा नेकपा एमाले मकवानपुरका सदस्य नरेन्द्र भण्डारीसहित ३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ । बुधबार सम्पन्न पार्टीको वडा कमिटीको बैठकले नरेन्द्र भण्डारीसँगै हालका वडा अध्यक्ष लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले दुईजना खुल्ला वडा सदस्यको लागि ६ जनाको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टिका प्रसाद भट्टराई र सिताराम पौडेलको नाम सिफारिस गर्ने निर्णय भएको छ । महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर १३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा पेम्बा लामा सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा आशिष थापा, बुद्द गोले, बिष्णुमाया परियार र बिष्णुमाया थिङ सर्बसम्मतरुपमा सिफारिस भएको बताईएको छ । जनपत्रबाट
























