हेटौँडा ११ को वडाअध्यक्षका लागि एमालेबाट ३ जनाको नाम सिफारिस

मकवानपुर, २४ चैत्र । नेकपा एमालेले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को वडाअध्यक्षको लागि ३ नेताहरुको नाम सिफारिस गरेको छ । बुधबार बसेको वडा कमिटिको बैठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षमा जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस गरेको हो ।

वडा अध्यक्षका लागि यी ३ नेताहरुका अलावा थप २ जना गरी जम्मा ५ जना आकांक्षी रहेका थिए । आकांक्षी धेरै भएपछि बैठकमा भोटमार्फत ३ जनाको नाम जिल्ला कमिटिमा सिफारिस गर्ने तय भएको थियो ।

भोटिङका क्रममा नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी र अर्का आकांक्षी कृष्णप्रसाद उप्रेती पराजित भएका हुन् । यस्तै वडाबाट सदस्यमा खुलातर्फ अक्कल बहादुर रोक्का (तीर्थ) र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मत भएको छ ।
वडा अध्यक्षका आकांक्षी दाहाल र न्यौपाने अहिले वहालवाला वडा सदस्य हुन् । यस्तै वडा सदस्यमा दलित महिलातर्फ गीता सुनार वहालवाला वडा सदस्य हुन् भने गोपिनी सापकोटा २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भई काम गरिसकेकी नेतृ हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*