लिसेन बस्नेत नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरको अध्यक्षमा चयन

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मकवानपुरको अध्यक्षमा लिसेन बस्नेत चयन भएका छन् ।

शुक्रबार सम्पन्न महासंघको जिल्ला भेलाले बस्नेतको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

महासंघको उपाध्यक्षमा सुबास ढुंगेल, सचिवमा विकाश उप्रेती, कोषाध्यक्षमा पृथ्वी नेपाल, सहसचिवद्वयमा सिताराम अधिकारी र सम्झना तिमल्सिना तथा कार्यसमिति सदस्यहरुमा भरत स्याङ्बो, अन्जय प्रधान, प्रकाश बस्नेत, अस्मित बर्तौला, रोनिल खनाल, जुली पुलामी मगर, अमृत कठायत, श्याम प्रसाद पहाडि, रमेश सापकोटा, रोहित पुडासैनी, दीपक कार्की र विदुर ढकाल चयन भएका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बस्नेतले व्यवसायीहरुको हकहितमा काम गर्दै संगठनका युवा तथा व्यवसायीहरुलाई एक ढिक्का बनाएर उद्यमशील बनाउने तर्फ अघि बढ्ने उनको भनाई छ ।

कार्यक्रममा नेकपा ९एस० का स्थायी कमिटी सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेल, महासंघका केन्द्रिय सदस्य रजनी तिवारी, अनेरास्ववियू केन्द्रिय उपमहासचिव किशोर कुमार टण्डन, अनेरास्ववियू मकवानपुरको अध्यक्ष र सचिव क्रमशः अरुण कुमार बर्तौला र आकाश अधिकारीलगायतको उपस्तिथि रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*