मकवानपुरमा टाइफाइडविरूद्ध खोप अभियान सुरु

हेटौंडा । मकवानपुरको विद्यालयहरुमा आजबाट बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउने अभियान सुरु भएको छ ।

टाइफाइड विरुद्धको खोप अभियान मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित भोजसिद्ध माध्यामिक विद्यालयबाट सुरु भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रि विरोध खतिवडाले जिल्लाभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे,मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती,स्वास्थ्यकर्मीहरु लगाएतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*