हेटौंडाको मेयरमा गठवन्धनबाट पराजुली उमेदवार बन्ने सम्भाबना बढ्दै
हेटौंडा । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता आनन्द पराजुलीको संभाबना बढ्दै गएको छ ।
नेपाली कांग्रेस मकवानपुरको सभापति पद त्याग्नका लागि पनि मेयरको उमेदवार बनाउने सहमती अनुसार पनि उहाँ मेयरको उमेदवार बन्ने संभाबना बढेको काग्रेशका नेताहरु बताउँछन् ।
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओबादीले पाउने भएपछी हेटौंडाको मेयरमा कांग्रेसले लिने तयारी गरेको छ । कांग्रेसकै केही नेताहरुले आनन्द पराजुलीलाई मेयर बन्न नदिनका लागि समाजबादी पार्टीलाई हेटौंडाको मेयर दिनका लागि लभिङ गरेका छन् । तर, हेटौंडाको मेयरमा कांग्रेसले पाउने संभाबना रहेको र आनन्द पराजुलीनै मेयरको उमेदवार बन्ने नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले बताउनुभयो ।
कांग्रेसमा मेयरको उमेदवार बन्न उहाँसंगै भिमसेन महत, प्रभात दाहाल लगायतका नेताहरु पनि तम्सिएका छन् । तर, पहिले पनि मेयरको चुनावमा थोरै मतले पराजित भएको र कांग्रेस मकवानपुरको सभापति पद पनि त्यागेकाले उहाँको बिकल्प नभएको नेताहरुको भनाई छ ।
केही दिनमानै गठबन्दनमा कुन् स्थानीय तह कसले पाउने भन्ने निर्णय हुने र कांग्रेसले हेटौंडामा पाउँदा पराजुलीनै उमेदवार हुने उपाध्यायले बताउनुभयो । पराजुली केन्द्रीय सहमहामन्त्री उपाध्याय निकट संस्थापन पक्षका नेता मानिन्छन् ।
यता नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाका सभापति उत्सव इटेनीले पनि हेटौँडा उपमहानगरपालिकाको मेयर पदको उम्मेद्वार नेपाली कांग्रेसबाटै हुने र त्यसको उमेदवार पराजुलीनै हुने बताउँदै आउनु भएको छ ।
गठवन्धनको बैठक तथा दाबीको विषयमा कांग्रेसले मेयरको दाबीबाट पछि नहट्ने बताउँदै आएको छ । गठबन्दनमा सबै भन्दा ठुलो पार्टी पनि रहेकाले कांग्रेसले नै मेयर पाउने र उपमेयर भने अन्नय दलहरुले पाउने संभाबना बढेको छ । आम कार्यकर्ताको माग पनि मेरो उमेदवारी होस भन्ने चाहेकाले त्यही अनुसार अगाडी बढेको पराजुलीलले बताउनुभयो ।जनपत्रबाट
























