हेटौंडामा बशिष्ठ गोत्रिय पाठक समाज नेपालको बृहत भेला
२६ चैत्र, हेटौंडा । बशिष्ठ गोत्रिय पाठक समाज नेपालको आयोजनामा हेटौंडा उपमहानगरपालिका ३ नम्वर वडामा रहेको कुल मन्दिर परिषरमा आज बृहत बन्धु भेला तथा कुल पुजा सम्पन्न भएको छ । कार्यक्रममा बशिष्ठ गोत्रिय पाठक समाजका केन्द्रिय अध्यक्ष महेन्द्र कुमार पाठकको सभाध्यक्षता साथै सामुदायिक वन महासंघको अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
मकवानपुर साथै देशभर छरिएर रहेका बन्धु वान्धब बिच भेटघाट साथै भातृत्व विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बशिष्ठ गोत्रिय पाठक समाज नेपालको केन्द्रिय उपाध्यक्ष पशुपति पाठकले बताए । कार्यक्रममा कुल मन्दिर बनाउन सहयोग गर्ने पाठक बन्धुहरुलाई सम्मान गरिनुका साथै नब बर्ष २०७९ सालको क्यालेण्डर वितरण साथै शुभकामना आदान प्रदान गरिएको थियो । हेटौंडा–३ निवासी एकमाया पाठकले मन्दिरको लागि उपलब्ध गरानु भएको जग्गामा २१ लाख बराबरको कुल मन्दिर निर्माण गरिएको हरिशरण पाठकले बताए । कार्यक्रममा विभिन्न जिल्लाबाट बशिष्ठ गोत्रिय पाठकहरुको सहभागीता रहेको थियो ।
























