एकीकृत समाजवादीको चुनावी कमाण्डर माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो ।

जसमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहने छन्।

त्यस्तै महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*