मकवानपुरगढीको अध्यक्षमा एमालेले हुमागाईलाई नै उठाउने

हेटौंडा । आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा बर्तमान अध्यक्ष विदुर हुमागाईलाई नै उठाउने भएको छ ।

एमाले मकवानपुरगढी गाउँपालिका कमिटीको आज भएको बैठकले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा हुमागाईलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरि उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने बैठकले निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*