नेकपा एमालेबाट हेटौँडाको मेयरमा ९ र उपमेयरमा ७ जनाको नाम सिफारिस

हेटौँडा – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि ९ जना र उपमेयरका लागि ७ जनाको नाम सिफारिस भएका छन् ।

आइतबार बसेको नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबैको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।

महत अहिलेका मेयर हुन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन् । राना नेकपा एमाले केन्द्रीय सदस्य र श्रेष्ठ जिल्ला अध्यक्ष हुन् ।

यस्तै मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य हुन् । दाहाल र चौंलागाईं अधिवक्ता हुन् । यस्तै महर्जन यसअघि हेटौँडा उपमहानगरपालिकाको वातावरण महाशाखामा प्रबन्धकका रुपमा कार्यरत थिए ।

मेयर पदमा सिफारिस एक मात्र महिला गणेशकुमारी प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य हुन् । उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपालको नाम सिफारिस भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*