गठबन्धनले चुनावी तालमेल भोलिसम्ममा टुंग्याउँछ – प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबीचमा चुनावी तालमेलबारे आइतबारसम्ममा टुङ्गो लाग्ने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा शनिबार बिहान पत्रकारसँग प्रचण्डले शनिबार बेलुकासम्ममा चुनावी तालमेलको खाका तयार हुने बताए । उनले भनेका छन्, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’

चुनावको समयमा टिकटलाई लिएर पार्टी भित्रै पनि विवाद हुने भन्दै उनले विभिन्न दलबीचको साझेदारीका लागि समय लाग्नु स्वभाविक रहेको बताए । भरतपुर महानगरका विषयमा छलफल भइरहेको पनि उनले बताएका छन् । उनले भने, ‘केही समस्या हुँदैन सबै टुङ्गिन्छ, सजिलोसँग टुङ्गिन्छ ।’

भरतपुर महानगरमा हाल प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन् । कांग्रेसले पाँच वर्ष पहिले मेयर छोडेकाले यो पटक आफूले पाउनु पर्ने बताउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*