आफ्नो चिन्हबारे जनतालाई बुझाउन अप्ठ्यारो परेपछि सूर्य रोज्यौँ – कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको चुनाव चिन्हबारे जनतालाई बुझाउन अप्ठ्यारो परेपछि सूर्य चिन्ह रोजिएको बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापा सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो पार्टी नयाँ भएका कारण चुनाव चिन्हबारे जनतालाई कम ज्ञान छ, त्यसैले अहिले सूर्य चिन्ह लिएर चुनाव लड्न लाग्यौं ।’

आफु नेतृत्वमा रहँदा १५ वर्षमा कमाएको आम्दानीले अहिलेको राप्रपा चलिरहेको टिप्पणी गर्दै उनले उक्त पार्टीमा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएपछि नयाँ पार्टी पुनर्जागृत भएको दाबी गरे ।

अध्यक्ष थापाले नेपालमा अब राजसंस्था पुनःस्थापनाको सम्भावना नभएको समेत बताए । उनले पार्टी स्थापनाको दुई महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउँदै आधा दर्जन बढी भ्रातृ संगठन निर्माण गरिएको बताए ।

आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले सम्मानजनक उपस्थिति जनाउने समेत उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*