एक/दुई दिनभित्रमा जहाँ तालमेलको सम्भावना छ त्यहाँ तालमेल हुन्छ – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकरदुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् ।

‘अबको एकरदुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’

निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन उनले मातहतका कार्यसमितिलाई निर्देशन दिएका छन् । महामन्त्री थापाले यस विषयलाई शनिबारको केन्द्रीय समितिको बैठकमा पनि उठाएका थिए ।

‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो तहलाई नै छ ।’ केही स्थानमा तालमेलमा असहमति भएपछि निर्णयाधिकार माथिलाई दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*