उन्नत लोकतन्त्र पार्टी हेटौंडाको मेयरमा अयोध्या कुमार भट्टराईको उम्मेद्वारी घोषणा
५ बैशाख,हेटौंडा । उन्नत लोकतन्त्र पार्टीले हेटौंडामा उपमहानगरपालिका मतदाताहरु विच एक कार्यक्रम अयोजना गरी करार तमसुक सार्वजनिक गरेको छ । तमसुकमा निर्वाचनमा प्रतिवद्धता जनाए अनुसारको काम विजयी भएपछि नगरेमा फिर्ता बोलाउन पाउने अधिकार मतदातालाई दिइएको छ ।
आफूले गरेका प्रतिबद्धता पूरा नगरे जनताले आफुलाई दिएको भोट फिर्ता लिएर पदबाट रिकल फिर्ता बोलाउन मञ्जुरी रहेको तमसुक मतदातालाई गरिदिएको सो पार्टीका केन्द्रीय अध्यक्ष स्वागत नेपालले जानकारी दिए । उन्नत लोकतन्त्र पार्टी हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा जिल्ला अध्यक्ष अयोध्या कुमार भट्टराई उम्मेद्वारी घोषणा भएको छ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष स्वागत नेपाल ,विशेष अतिथि प्रवुद्ध परिषदका संयोजक तथा वरिष्ठ पाईलट के वि लिम्बुका साथै अतिथिहरुमा प्रवक्ता रामाराजा आचार्य तथा साजन विश्वकर्मा,पार्टी संगठन विभाग प्रमुख सहित सचिववालय सदस्यहरुको उपस्थित रहेको थियो ।
























