काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार दिउँसो २ बजेका लागि सरेको छ ।
बालुवाटामा आज (सोमबार) बिहान साढे ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण गठबन्धनको बैठक सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।