मेयर पद नपाए एकल उम्मेदवारी दिने कांग्रेस हेटौंडाको चेतावनी (प्रेस विज्ञप्ति सहित)

काठमाडौं । स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमतिप्रति नेपाली कांग्रेसको नगर समितिले असहमति जनाएको छ ।

उक्त सहमतिले नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै कांग्रेसले निर्णयलाई पनरावलोकन गरी कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरुबीच सहमति गर्न माग गरेको छ ।

यो निर्णयको पुनरावलोकन नभएमा हेटौंडामा गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसले बताएको छ ।

हेटौंडा उपमहानगरपालिका समितिका नगर सभापति उत्सव इटनीले विज्ञप्ति जारी गरी नगर समितिका पदाधिकारी र सबै वडाका सभापतिको बैठकले मेयरको टिकट नपाए गठबन्धनका दलहरुसँग कांग्रेस मित्रवछ प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए । अनलाइनखबरबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*