एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं। नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन्।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन्। घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।

घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ। दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ।

यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घोषणापत्ररप्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*