बाबुआमाको सम्मान नगर्ने ब्यक्ती कम्युनिष्ट हुन सक्दैन – राना

हेटौंडा  – जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले आफ्नो बाबुआमालाई सम्मान गर्न नसक्ने ब्यक्ति कम्युनिष्ट बिचारधाराको हुन नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले पुर्वी बिचारधारालाई अवलम्बन गर्दै आमाबाबुलाई सम्मान र सेवा गर्ने सोच सहित अगाडी बढ्ने बताउनुहुँदै नेकपा एमालेले देशमा बृद्धआश्रमको परिकल्पना नै नगर्ने बताउनुभयो ।

जेष्ठ नागरिकहरुलाई खुसीका साथ आफ्नै सन्तानका साथ घरमा बस्ने वातावरण एमालेले निर्माण गर्ने पनि उहाँले दाबी गर्नुभयो । जेष्ठ नागरिकहरुको सम्मानमा हरेक चोक चौतारामा विश्राम स्थल, ध्यानकेन्द्र स्थापना गर्ने योजना एमालेले बनाएको उहाँको भनाई छ । जिल्ला इन्चार्ज रानाले पार्टीको जित निश्चित गरेर बैशाख ३० गतेको स्थानीय तहको चुनाबमा लागिएको समेत बताउनुभएको छ ।

कार्यक्रममा नेकपा एमालेका सल्लाहकार तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले जेष्ठ नागरिकहरुको परिश्रमले नै आज नेकपा एमाले देशको पहिलो पार्टीको स्थानमा पुगेको बताउनुभएको छ । उहाँहरुको योगदानले बनेको पार्टीले सदैब उक्त योगदानको सम्मान गर्ने उहाँको भनाई छ । त्यसैले जेष्ठ नागरिकको सम्मान स्वरुप एमालेले एक सय रुपैयाँबाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार पुर्याइएको बताउनुभयो ।

कार्यक्रममा गणेश तिमल्सिनाको शब्द रहेको ‘समृद्ध नेपाल’ शिर्षकको नेकपा एमालेको चुनावी गीत समेत सार्वजनिक गरिएको छ । गीतमा लोक गायक आशाकाजी श्रेष्ठ, रमेश गहतराज लगायतकाको स्वर रहेको छ भने पुरन अधिकारीको संगीत रहेको छ ।

नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा पपार्टीका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले बागमती प्रदेश कमिटीका सदस्य भगवती पुडासैनी, अनन्त पौडेल, बलराम बल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*