आयोगले मनोनयन दर्ताका लागि पत्रकार सम्मेलन गर्दै
काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ।
सो सम्मेलन शनिबार दिउँसो साढे ४ बजे गर्ने आयोगले जनाएको हो। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते दुई दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले बताएको छ ।
निर्वाचनका विषयमा सबै तयारीको सन्दर्भमा जानकारी दिनका लागि निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने जनाएको छ।
























