हेटौंडा-१२ मा कांग्रेसले गठबन्धनलाई स्वीकार नगर्ने

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ ले गठबन्धनलाई स्वीकार नगर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको वडा कमिटिको बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन अस्वीकार गर्दै मित्रवत् रूपले प्रतिस्पर्धा गर्ने निर्णय गरेको वडा कमिटी उपसभापति शम्भु तिवारीले जानकारी दिए।

हेटौंडा उपमहानगरपालिकाको अन्य वडाहरूमा जे जे भए पनि वडा नम्बर १२ मा भने नेपाली कांग्रेसले उम्मेद्वारी दिने निर्णय गरेको हो । यसका लागि सकेसम्म आजै पार्टीका जिल्ला सभापति बुद्ध लामालाई भेट्ने र वडा कमिटीको निर्णय पेश गर्ने तयारी रहेको उप सभापति तिवारीले बताए।

गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी वडाध्यक्ष ललित घलानबाट विगत पाँच वर्षको अवधिमा जुन किसिमको व्यवहार सहनुप¥यो त्यस्तो व्यवहार फेरि पनि स्विकार्य नरहेको बैठकले ठहर गर्दै आफ्नै पार्टीको उम्मेद्वार लिएर प्रतिस्पर्धामा जानका लागेको तिवारीले बताए।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ वडा कमिटीका सभापति सुदर्शन लामाको अध्यक्षतामा बैठक बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*