गठबन्धनबाट हेटौंडाको मेयरमा एकीकृत समाजवादीकी लामालाई उम्मेदवार बनाउने निर्णय

मकवानपुर । सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा उम्मेदवार हुने भएकी छिन् । उनी हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर हुन् ।

शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् ।​

उनले २३ हजार ४३७ मतसहित चुनाव जितेकी थिइन् भने माओवादी केन्द्रका बलले १७ हजार ११ मत पाएका थिए । आगामी वैशाख ३० गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले हेटौंडाको मेयर एकीकृत समाजवादी र उपमेयर काँग्रेसले पाउने गरी भागबण्डा गरेको थियो ।

एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको गत शनिबार बसेको बैठकले हेटौंडाको मेयर पदका लागि उपमेयर लामासहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलका नाम सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*