केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा , काठमाडौंको मेयर लड्ने

काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् ।

जनप्रतिनिधिले पुन उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् ।

संविधानको धारा १८० को खण्ड (क) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ अनुसार राजीनामा पत्र बुझाएको बागमती प्रदेश सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*