विश्व हिन्दु महासंघ नेपाल मकवानपुरमा ‘उत्तम शर्मा ढकाल’

मकवानपुर, १२ बैशाख ।  विश्व हिन्दु महासंघ नेपाल मकवानपुरको अध्यक्षमा उत्तम शर्मा ढकाल चयन भएका छन् । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति मकवानपुर र विश्व हिन्दु महासंघ नेपाल मकवानपुर शाखाको हेटौँडामा भएको संयुक्त जिल्ला भेला, सभा एवम् अधिवेशनबाट ढकाललाई अध्यक्ष चयन गरिएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा हायग्रिव आचार्य, उपाध्यक्षहरुमा बासुदेव वत्स र ईदिन्रा न्यौपाने, सचिवमा प्रल्हाद घिमिरे, कोषाध्यक्षमा सितादेवी भेटुवाल तथा सहसचिवहरुमा मुनाकुमारी पाठक, बालकुमारी डल्लाकोटी, पवित्र दाहाल र सुकुन्द प्रसाद आचार्य सहित २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

कार्यक्रममा मकवानपुर समिति अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता रहेको थियो । अधिवेशन समितिका संयोजक उत्तम शर्मा ढकालको संयोजकत्व तथा राष्ट्रिय समितिका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*