कांग्रेसबाट हेटौंडाको उपमेयरमा राजेश बाँनियाले उम्मेद्वारी दिने
हेटौंडा । नेपाली कांग्रेसबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राजेश बाँनियाले उम्मेद्वारी दिने भएका छन् ।
नेपाली कांग्रेस बागमती सचिव राजु नेपालद्वारा जारी विज्ञप्तीमा कांग्रेसबाट हेटौंडाको उपमेयरमा बाँनिया र थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीलाइ उम्मेद्वार बनाउने निर्णय गरिएको जनाईएको छ ।
यसैगरि,काभ्रेको धुलिखेल नगरपालिकाको उपमेयरमा निराजन जंगमलाई उम्मेद्वार बनाउने निर्णय भएको बताईएको छ ।

























