मध्याह्न १२ बजेसम्म देशभर १६ हजार बढीले उम्मेदवारी दर्ता गराए

काठमाडौं –  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १६ हजार बढीले विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबारदेखि सोमवार मध्याह्न १२ बजेसम्म १६ हजार ५६८ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ताका लागि देशभर साँझ ५ बजेसम्म समय तय गरिएको छ ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा ७६८ जना, अध्यक्ष पदमा ६१४ जना तथा उपप्रमुख पदमा ३८३ र उपाध्यक्ष पदमा ३३४ जनाको उम्मेदवारी परेको छ । यस्तै वडाध्यक्षमा ४ हजार ४३९ जना, महिला सदस्यमा २ हजार ५४१ जना, दलित महिला सदस्यमा २ हजार ५९ र सदस्य पदमा ५ हजार ४३० जनाको उम्मेदवारी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*