हेटौंडा-११ मा एमालेको परिचयात्मक कार्यक्रम
हेटौंडा । बैशाख ३० गते हुने निर्वाचन लक्षित हेटौंडा ११ नवलपुरमा चुनाब प्रचारप्रसार अभियान अघि बढाउनको लागि ११ नम्बर वडा कमिटिको आयोजनामा परिचायत्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम एमाले वडा कमिटि अध्यक्ष कृष्ण प्रसाद उप्रतीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा हेटौंडाउपमहानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्ले ११ नम्बर वडा अध्यक्षको उम्मेदवार जुना दाहाल, वडाका सदस्य पदका उमेदवार लगाएत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।
कार्यक्रममा उपमेयर पदको उम्मेदवार सुमित्रा काफ्लेले नेकपा एमाले पुरै एक कुइन्टलको ढक भएको बताइन् । उनले ‘नेकपा एमाले पुरै एक कुइन्टल को ढक भएको र बैसाकी रुपी गठबन्धन एक किलोको ढक भएको बताउदै एमालेले चुनाव जित्नेमा दुइमत छैन ।’
यस्तै ११ नम्बरको चुनाबी प्रचारप्रसार समितिको संयोजक गोकर्ण पराजुलिले हेटौंडा ११ मा पार्टीका उम्मेदवारलाई ४६ साल देखि निरन्तर पार्टीले दिएको गाइडलाइनको कारण चुनाब जित्न सफल भएको बताए । पराजुलिले यस वडालाइ आफ्नो नेतृत्वले सबै भन्दा काम गरेको बताए । उनले यो मैले भोटको लागि गरेको भाषण हैन, संका लाग्छ भनी सरस्वती सिमलटार डाङडुङ्गे गएर हेर्न पनि आग्रह गरे ।
कार्यक्रममा बोल्दै पराजुलिले बर्षिनै चुनाब चिन्ह फेरेर टोल समुदायमा आउनेलाई सिधै बहिस्कार गरौं । नेकपा एमाले कुनै ठेगदारको पार्टी नभै सर्बहारा बर्गको पार्टी भएकोले हामी चिउरा भुजा र पानी खाएर चुनाबमा खटिन्छौ । महङ्गो रक्सी र मासु हामी खादैनौ र खुवाउन पनि सक्दैनौ यदि कसैले एसो गरेको पाएमा राम्रो मान्दैनौ र आचर सहिंता उलंघनको कारवाही अगाडि बढाउछौ ।
यस्तै कार्यक्रमको प्रमुख अतिथी पार्टी केन्द्रिय सदस्य मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले हामी जनताको सेवागर्ने बर्गको पार्टीको कार्यकर्ता भएकोले चुनावी अभियानमा जाँदा मर्यादित र धैर्य भएर अगाडि बढ्नू निर्देशन दिए अरु सबै पार्टीहरुको अपवित्र गठबन्धन्को कारण हामीले जितको टीका लगाउन मात्र बाकी रहेकोले कसैलाइ गाली गलोज नगर्न आग्रह गरे ।
रानाले यो ११ नम्बर वडा अरु १९ वडा मध्यको भाग्यमानी वडा रहेको बताए । उपमेयर पनि यहि वडाको वडा अध्यक्ष पनि महिला र अरु उमेदवारहरु पनि युवा सक्षम र योग्य भएकाले नेकपा एमालेको जित निश्चिति भएको बताए ।
























