आज उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज (बिहीबार) प्रकाशन हुने भएको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम ११ गतेबाट सुरु भएको थियो । दुई दिन उम्मेदवार मनोनयन गर्ने दिन थियो ।

वैशाख १३ मा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा आयोगले छानबिन गर्ने दिन थियो । छानबिन गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हो । १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली शुक्रबार नै प्रकाशन हुनेछ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४ सय ६५ जनाले उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*