हेटौंडामा एमालेको बृहत आमसभा भोलि , ओलीले सम्बोधन गर्ने
हेटौंडा । स्थानीय निर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले भोलि बृहत आमसभा गर्ने भएको छ ।
स्थानीय चुनावी सभा तथा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसमा हेटौंडा-४ को हुप्राचौरमा ओयोजना हुने कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आमसभामा जिल्लाको १० वटै स्थानीय तहबाट ४० हजारभन्दा बढि जनसहभागिता रहने छ ।
कार्यक्रम सुरु हुनुअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
आमसभामा पार्टी प्रवेश कार्यक्रम समेत रहेको बताईएको छ । चुनावी सभामा १० वटै स्थानीय तहका एमालेका उम्मेद्वार,नेता,कार्यकर्ताहरु सहभागि हुने एमालेले जनाएको छ ।
























