हेटौंडामा एमालेको बृहत आमसभा आज , ओलीले सम्बोधन गर्दै

हेटौंडा । अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले आज बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत आमसभा गर्दै छ ।

नेकपा एमाले मकवानवपुर तथा जिफन्ट बागमती प्रदेशको आयोजनामा हेटौंडा ४ हुप्राचौरमा हुने एमालेको आमसभाको तयारी पुरा भएको छ ।हुप्राचौरमा हुने आमसभालाई नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा जिल्लाको १० वटै स्थानीय तहबाट ४० हजारभन्दा बढि जनसहभागिता रहने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम सुरु हुनुअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

आमसभामा पार्टी प्रवेश कार्यक्रम समेत रहेको बताईएको छ । चुनावी सभामा १० वटै स्थानीय तहका एमालेका उम्मेद्वार,नेता,कार्यकर्ताहरु सहभागि हुने एमालेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*