गठबन्धन नभएका स्थानमा मिलेर चुनाव लड्न सत्ता गठबन्धनको निर्देशन

काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयमा लेखिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने ।’

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ । यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*