बागी उम्मेदवारी दिनेलाई एमाले मकवानपुरले गर्यो कारवाही

हेटौंडा । आसन्न स्थानिय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका संगठित सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ ।

पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानिय तहमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर फिर्ता नलिएकाहरुलाई कारवाही गरिएको हो ।

पार्टी निर्णय उलङघन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का विशालराज महत, वडा नं। ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा १९ का रत्नबहादुर व्लोन र रमेश पौडेलसहित उनीहरुको प्रस्तावक तथा समर्थकलाई समेत पार्टीको विधानको धारा ८० ९६० अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेकपा एमालेको आधिकारिक उम्मेदवार खडा गरेको अवस्थामा पार्टीको निर्णय नमान्दै बागी उम्मेदवारी दिएको र आवश्यक समन्वय गर्दासमेत उम्मेदवारी फिर्ता नलिएकाले कारवाही गर्नुपरेको उनको भनाई छ ।

नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एकठाउँमा उभिएको सन्दर्भमा नेकपा एमालेको संस्थागत निर्णय अनुसार नै पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा एमालेलाई विजयी गराउनका निम्ती पार्टी चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको बताउदै अध्यक्ष श्रेष्ठले पार्टी निर्णयलाई उलङघन गर्दै केही पदमा पार्टी सदस्यहरुले उम्मेवारी दिएको जानकारी प्राप्त भए लगत्तै पार्टीको आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन पार्टीले गरेको निर्देशनलाई अवज्ञा गर्ने मात्र हैन उलङघन गर्ने काम भएको बताउए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*