टालाटुली जोडेर बनाएको गठवन्धनलाई एमालेले पराजित गर्छ – पौडेल

हेटौँडा । नेकपा एमालेको तर्फबाट हेटौँडा उपमहानगरपालिको मेयर पद्का उम्मेद्वार अनन्त पौडेलले स्थानस्य तहको निर्वाचन बल्लतल्ल हुन लागेको बताएका छन् ।

हेटौँडामा भएको कार्यक्रममा बोल्दै पौडेलले एक्लाएक्लै लड्नुपर्ने भएको भए सरकारले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र गर्ने बताए ।

गठवन्धनरुपी झुम्राको पुतली बनाएपछि निर्वाचन निश्चित भएको भन्दै पौडेलले विभिन्न टाला जोडेर बनाएको झुम्राको पुतलीरुपी गठवन्धनलाई एमाले एक्लैले पराजित गर्ने बताए ।

एमाले ति गठवन्धनको उम्मेद्वारहरु बिरुद्ध दरिलो आत्मविश्वासको साथ खडा भएको भन्दै स्थानीय तहको निर्वाचलने गठवन्धनको सपना समाप्त पारिदिने बताए ।

नेकपा एमाले बिरुद्ध देशभरी भएको घेराबन्दीलाई चिर्न लाखौ जनता तयार भएको बताउँदै पौडेलले हेटौँडा उपमहानगरपालिका सहित जिल्लाको सबै स्थानीय तहमा एमाले विजयी हुने दाबी गरे ।

एमालेले यस अघि मकवानपुरमा जितेका ६ वटा स्थानस्य तहमा भएको विकासको गतिविधिले आफुहरुलाई जनताले विश्वास गरेको बताउँदै उनले थप विकासको लागि जनताले एमाले रोज्ने दाबी गरे  । खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*