महिला वडा अध्यक्ष उम्मेदवार जुना दाहाल घरदैलोमा व्यस्त

२१ बैशाख,हेटौंडा । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडा अध्यक्षका उम्मेदवार जुना दाहालले घरदैलो कार्यक्रमलाई तिब्रता दिनुभएको छ । वडा अध्यक्षका उम्मेदवार दाहाल सगै खुल्ला सदस्य पदका उम्मेदवार सुर्य बहादुर खुलाल,प्रभाकर पुडासैनी,महिला सदस्य पदकी उम्मेदवार गोपिनी सापकोटा,दलित महिला सदस्य पदको उम्मेदवार गिता सुनार सहितको टोली अहिले चुनाव प्रचार प्रसारमा ब्यस्त छ्न ।

“हेटौंडाको आफू एक मात्र महिला वडा अध्यक्ष पदको उम्मेदवार भएको साथै एक कार्यकाल आफू वडा सदस्य भइ इमान्दार पुर्बक वडाको बिकास निर्माणमा सकृय रुपमा लागेकोले हेटौंडा–११ लाई समृद्ध,सम्मुनत वडा निर्माण गर्नका लागि वडावासिहरुले आफुलाइ मत दिई सेवा गर्न मौका दिनुहुने” दाहालले बताउनुभयो ।

अघिल्लो कार्यकाल सदस्य पदमा रहदा वडाको विकास गरिनुपर्ने समग्र बस्तु स्थितिका बारेमा जानकारी हासिले गरेको र जनताले आफू माथी बिश्वास गरेको कारण निर्वाचनमा होमिएको उहाँले बताउनु भयो । उहाँले अघिल्लो स्थानीय तहको निर्वाचनमा हेटौंडा–११ बाट लोकप्रिय मत ल्याउनु भएको थियो । स्थानीय तह निर्वाचन नजिकिदैँ गए सगै सबै दलका उम्मेदवारहरु आजभोली घरदैलोमा व्यस्त छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*