मकवानपुरका मतदान स्थलमा खटिए नेपाली सेना र ससस्त्र प्रहरी
हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तहको चुनाबको मिति निकै नजिकिएको छ । चुनाबी सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले सबै खालका तयारी पनि गरेको छ । चुनाबी दौडाहामा दलहरु र स्वतन्त्र उम्मेदवारहरु लागिपरेका छन् ।
मकवानपुरका विकट स्थानीय तहमा सुरक्षाको चुनौती पनि उत्तिकै छ । सुरक्षाका हिसाबले संबेदनशिल, अतिसंबेदनशिल र सामान्य रुपमा मतदान केन्द्रलाई मकवानपुर प्रशासनले छुट्याएको छ । मतदान स्थल वरपरको सुरक्षाका लागि नेपाली सेना र ससस्त्र प्रहरी जिल्लाका दश वटै स्थानीय तहमा खटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
दश स्थानीय तहका एक सय ६५ वटै मतदान स्थलको वरपर सेना र ससस्त्र खटिएको उहाँले बताउनुभयो । जिल्लामा सुरक्षाका लागि ठुलो समस्या नभएको उहाँले बताउनुभयो ।
केही स्थानीय तहमा म्यादी प्रहरी पनि खटिएका छन् । अहिले गस्तीको कामलाई तिब्रता दिइएको पाण्डेले बताउनुभयो । दलहरुबाट मकवानपुरमा चुनाबी प्रचारका नाममा भएका आचारसंहिता उलंघनका घटनालाई न्यूनीकरण गर्ने काममा लागिएको उहाँले बताउनुभयो ।
आचारसंहिता उलंघन भएका स्थानमा तत्काल पुग्ने र त्यसमा कार्बाही भइरहेको प्रशासनले जनाएको छ । जनपथ प्रहरी भने मतदानका लागि आवस्यक सामाग्री लिएर मात्र खटाउने तयारी भएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र अरु कर्मचारीहरु संगै मतपत्र, मतपेटीका लगायतका समाग्रीको सुरक्षार्थ खटाउने तयारी भएको प्रजिअ पाण्डेले बताउनुभयो ।
























