भोलि हेटौंडामा राप्रपाको बृहत आमसभा राजेन्द्र लिङ्गदेनले सम्बोधन गर्ने

२४ बैशाख,हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेन भोलि हेटौडा आउनुहुने भएको छ । बैशाख २५ गते स्थानीय तहको निर्वाचनका लागि आयोजना हुने आमसभालाई सम्बोधन गर्न लिङ्गदेन हेटौंडा आउन लाग्नुभएको हो । लिङ्देनले बिहान ११ बजे बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएको छ ।

हेटौंडाको हुप्राचौरमा हुने कार्यक्रममा राप्रपाका केन्द्रिय उपाध्यक्ष बुद्धिमान तामाङ,हेटौंडा उपमहानगरपालिका मेयर पदका उम्मेदवार दिपक बहादुर सिंह र उप–मेयर पदका उम्मेदवार इन्दिरा न्यौपाने डल्लाकोटिले सम्बोधन गर्नु हुनेछ । सभामा राप्रपाका केन्द्रीय नेताहरु,जिल्ला नेता तथा कार्यकर्ता,मकवानपुरको १० वटै स्थनाीय तहको राप्रपाका उम्मेद्वारहरु सहभागिता रहनुका साथै सभामा विभिन्न झाकी सहितको सांस्कृतिक कार्यक्रम हुने राप्रपा मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*