७७ वटै जिल्लामा मतपत्र ढुवानी सम्पन्न

काठमाडौँ—स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ ।

निर्वाचन आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराई सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो ।

सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरुपमा मतपत्र ढुवानी गराउनेछ ।

उम्मेदवारी मनोननयपत्र दर्ताको विवरण र निर्वाचन चिन्ह प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कूल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*