एमाले हेटौंडाका मेयर र उपमेयरका उम्मेदवारहरु चुनाबी प्रचार प्रसारको दौडमा
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेलाई भ्याइ नभ्याइ भएको छ । बैशाख ३० गते हुने स्थानइ तहको निर्वाचनमा भोट माग्न र जनतासामु आफ्ना कुराहरु राख्नका लागि भ्याइ नभ्याई भएको हो ।
आज मात्र मेयर र उममेयरका उम्मेदवारको एक दर्जन वटा कार्यक्रममा भ्याउने कार्यतालिका छ । हेटौंडाका विभीन्न वडाहरुमा चुनाबी प्रचार प्रसारको दौडमा उनीहरु लागिपरेका छन् । आज बिहान हेटौंडा उपमहानगर–१ नकौली, घ्याङसिङटार, भैरबडाँडा, पीप्ले, हर्नामाडी लगायतका कार्यक्रममा पौडेल र काफ्लेले स्थानीय नागरिकसंग भेटघाट र सभा मार्फत भोट मागेका छन् । सबै स्थानमा चुनाबी सभालाई उहाँहरुले संबोधन गर्नु भएको छ ।
एमालेको पालामा वषौदेखि हेटौंडाको विकास भएको र अब पनि थप विकास गर्ने भएकाले एमालेलाई जिताउनुपर्ने मेयर पदका उम्मेदवार पौडेलले बताउनुभयो । यसैगरी उपमेयरका उम्मेदवार काफ्लेले हेटौंडाका हरेक क्षेत्रको विकास गर्ने बताउनुभयो । सबै कार्यक्रममा नेकपा एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको छ ।
























