सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता – देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको दावी गरेका छन् ।

शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको बताए ।

उनले भने ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन, प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे । आफूबाहेक अरुलाई काम गर्न नदिने र आफू विरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक पटक संसद् भङ्ग गरेको उनले आरोप लागए । गठबन्धन असफल बनाउन पटक पटक गरिएको प्रयास निरर्थक भएको बताउदै देउवाले चुनावी मैदानबाट सबैलाई जवाफ दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*