मकवानपुरका ३६५ मतदान केन्द्रमा १८ सय कर्मचारी खटिदै

हेटौंडा । मकवानपुरका दश वटा स्थानीय तहका मतदान केन्द्रमा ठुलो सख्यामा सरकारी कर्मचारी खटिएका छन् । सबै कर्मचारीले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग नियुक्तिपत्र बुझेर कार्यक्षेत्रमा खटटिन लागेको हो । आज सबैजसो कर्मचारीले नियुक्तपत्र बुझेर पाउने पारिश्रमिक पनि बुझ्ने र आजैबाट कार्यक्षेत्रमा खटिन सुरु गर्ने मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा दश स्थानीय तहका एक सय २ वटा वडामा रहेका ३ सय ६५ मतदान केन्द्रमा एक हजार ८ सय जना कर्मचारी खटिएका हुन्। उनीहरु निर्वाचनको तीन दिन अगाडी खटिएका मतदान केन्द्रमा पुग्नुपर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदात अधिकृतको निर्देशनमा काम गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो । पहिले मकवानपुरका सरकारी कर्मचारी अपुग भएका कारण काम गर्नका लागि समस्या भएपनि अहिले भने चाहिए भन्दा पनि धेरै सरकारी कर्मचारी भएका कारण निर्वाचनमा खटिनका लागि हानाथाप भएको छ । हेटौंडामा बागमती प्रदेशको बिभीन्न मन्त्रालय, निर्देशनालय र मातहतका कार्यालयहरु भएपछी त्यहाँ कार्यरत कर्मचारीहरु समेत गर्दा धेरै भएकाले सबै कर्मचारीहरु समेत खटाउन नपर्ने भएको उहाँले बताउनुभयो ।

यहाँका एक सय ६५ वटा मतदान स्थलमा एक हजार ८ सय कर्मचारी पर्याप्त रहेको उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा ३ हजार ४ सय जना सरकारी कर्मचारी कार्यरत छन् । अझै एक हजार ६ सय कर्मचारी मौजदात रहेका छन् । कर्मचारी पर्याप्त भएका कारण पनि यस पटकको स्थानीय तहको चुनावमा शिक्षकहरुलाई नखटाइने भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्मचारी अपुग भएपछी शिक्षकलाई पनि खटाउनेगरी तयारी भएको थियो । तर, भएका सबै कर्मचारीलाई पनि नखटाउने भएपछी शिक्षकहरुलाई यस पटक नखटाउने भएको सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*