मकवानपुरमा ६ जना वडा सदस्य निर्विरोध निर्वाचित
हेटौंडा । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरमा ६ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुने ६ जना दलित महिला सदस्य रहेका छन्
निर्वाचन आयोगका अनुसार नेकपा एमालेबाट चार, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट एकएक जना रहेका छन् ।
जसमा एमालेबाट इन्द्र सरोबर गाउँपालिका वडा नंबर १ की लक्ष्मी दमाई, सोही गाउँपालिका वडा नंबर ४ की सावित्रा सुनार, थाहा नगरपालिका वडा नंबर ५ की उर्मिला कामी र मकवानपुरगढी गाउँपालिका वडा नंबर ७ की तिर्थ कुमारी ल्वागुन रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट राक्सिराङ गाउँपालिका वडा नंबर ४ की सजिना मुक्तान नेपाली र माओवादी केन्द्रबाट बागमती गाउँपालिका वडा नंबर ३ की विष्णु माया विश्वकर्मा रहेका छन् ।
























